दुई नेपालीलाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

चितवन, २० असोज । ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका २ महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारू ‘चौधरी’ पुरस्कृत हुने भएकी हुन् । जनही १ हजार डलर अर्थात् झन्डै १ लाख ६ हजार राशिको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यही अक्टोबर १५ अर्थात २९ असोजमा काठमाडौंमा आयोजित एक कार्यक्रमका प्रदान गरिने प्राकृतिक विज्ञान संग्रहालयस्थित स्थानीय अन्वेषण प्रवद्र्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा.धर्मराज डंगोलले जानकारी दिए । नेपाल र भारतका २÷२ जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका १÷१ जना गरी ९ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वल्र्ड समिट फाउन्डेसनले जनाएको छ ।

डंगोलका अनुसार नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ । सन् २०९४ मा स्थापना भएको उक्त पुरस्कारबाट हालसम्म विश्वका १ सय ३० देशका ४ सय २२ जना महिला सम्मानित भइसकेका छन् । ‘१५असोज राती पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन, भरतपुर स्याउलीबजारकी तुलसा ज्ञवालीले हर्षित हुँदै भनिन्, यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ ।’ घरघरबाट निस्कने फोहरलाई उनी अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आएकी छन् ।

प्रतिक्रिया