‘डु यु लभ मी’को टाइटल गीत सार्वजनिक

do-u-loveकाठमाडौं, १९ असोज । बेजिला फिल्म एन्ड मिडिया प्रालिको प्रस्तुतिमा तयारी भएको नेपाली कथानक चलचित्र ‘डु यु लभ मी’ को टाइटल गीत सार्वजनिक भएको छ । उक्त गीत हाइट्लाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस चलचित्रको निर्माण सुदिप राणाले गरेका छन् भने यस चलचित्रको निर्देशन सञ्जय काउछाले गरेका हुन् । चलचित्रमा मुख्य भूमिकामा चर्चित मोडेल ककक्ष्मन पुन र मिस मंगोल २०१२ कि बिजेता सपना रोका देखिने छ । ककक्ष्मन र सपना बाहेक यस चलचित्रमा प्रमोद खड्का, पुस्कर गुरुङ, कविता आले, श्याम राई, शक्ति पुनको अभिनय रहेको छ ।

चलचित्रमा पुरुषोत्तम प्रधान, शेरबहादुर लामाको छायाँकन रहेको छ । यस्तै यस चलचित्रमा दीर्घ खड्काले सम्पादन गरेका छन् । यस गीतमा राजु भुजेलको संगीत, संजय काउछाको शब्द र सुगम पोखरेलको आवाज रहेको छ । यो चलचित्र ३० अक्टोबरमा जापानमा प्रदर्शन भई कोरिया हुँदै नेपालमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएका छन् ।

प्रतिक्रिया