झारखण्डमा प्रहरीको गोलीबाट चारको मृत्यु

नयाँदिल्ली, १७ असोज । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट ४ गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरूले आइतबार जनाएका छन् ।

‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ । झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो । सो आन्दोलनको कांग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार सो कर्पोरेसनका विरुद्धमा सन् २००४ देखि आन्दोलन हुँदै आएको थियो ।

प्रतिक्रिया