लुइसाले जितिन ‘लिटिल स्कुल आइडल’को उपाधि

luisaकाठमाडौं, १७ असोज । काठमाडांैमा पहिलोपटक आयोजना भएको ‘लिटिल स्कुल आइडल’को उपाधि लुइसा गुरुङले जितेकी छन् । ब्लू बर्ड मलमा आयोजना भएको प्रतियोगितामा १८ जनालाई पछि पार्दै लुइसाले उपाधि जितेकी हुन् ।

यस्तै, प्रतियोगिताको फस्ट रनरअपको उपाधि विशेषता बुढाथोकी र सेकेन्ड रनरअपको उपाधि निकिता गोतामेले जितिन् । प्रतियोगिताको मूल्यांकनकर्ताको रूपमा सुशील पाण्डे, दीपक घिमिरे, श्रीधर पौडेल, रोजी पुन, प्रियालक्ष्मी कार्की थिए । एभरेस्ट फेसन होमले यो प्रतियोगिता आयोजना गरेको हो । यस्ता कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पु¥याउने एभरेस्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन् । ६ देखि १४ वर्षका बालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया