म्युजिक भिडियोमा गुन्डाको रोल

sunilकाठमाडौं, १७ असोज । नेपाली फिल्ममा चर्चित ‘भिलेन’को छवि बनाएका सुनील थापा म्युजिक भिडियोमा पनि नकारात्मक भूमिकामा देखिएका छन् । थापा अभिनीत ‘मनमा छ देउता’ बोलको गीतको भिडियो आइतबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बास्कोटाले सार्वजनिक गरे ।

हाल बलिउडमा व्यस्त भइरहँदा पनि म्युजिक भिडियो सार्वजनिककै लागि आफू बम्बईबाट आएको बताए । ‘आपूmले खेलेको म्युजिक भिडियो भन्दा पनि गायक जीवनको स्वर राम्रो लागेकोले हौसला दिन आएको हुँ,’ उनले भने । भिडियोमा थापाका अलावा, विवेकसिंह ठकुरी, रोशनलगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन, प्रविन श्रेष्ठको सम्पादन रहकोे भिडियो निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया