मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण

मकवानपुर, १२ असोज । नेपालभारत मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली निर्विरोध चयन भएका छन् । हेटौँडामा भएको संघको तेस्रो वार्षिक साधारणसभाबाट मैनाली सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

संघको समितिमा अन्य सदस्यहरू राजकुमार जोशी, गंगाप्रसाद पौडेल, प्रविण बर्तौला, सुदीपराज गिरी, विनोदकुमार थापा, विष्णुकुमार श्रेष्ठ, विषलाल खड्गी, रजनी श्रीवास्तव, प्रकाश खतिवडा, राजेश अग्रवाल र राममान श्रेष्ठसहित १२ जना रहेका छन् ।

मैत्रीसभा तथा निर्वाचन तयारी समितिका संयोजक वविन लिगलका अनुसार पदाधिकारी संघको बैठकले मनोनीत गर्नेछ । संघ जिल्ला अध्यक्ष ईश्वरप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल–भारत मैत्री संघ केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता रहेको थियो । सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सरावगीले नेपाल–भारतको सम्बन्ध भौगोलिक, धार्मिक, सांस्कृतिक तथा विभिन्नरूपमा जोडिएको बताए । उनले नेपालको विकासमा भारतको योगदान रहेको बताउँदै नेपालको अहित भारतले कहिल्यै नचाहेको बताए । ‘हाम्रो अहित चिताउनु भनेको भारतको पनि अहित हुनु हो’, केन्द्रीय अध्यक्ष सरावगीले भने ।

कार्यक्रममा संघ मकवानपुरका संस्थापक अध्यक्ष ईश्वरचन्द्र अग्रवाल, कांग्रेस जिल्लासचिव आनन्द कठायत, एमाले जिल्ला सहसचिव मीना लामा, नयाँशक्ति नेपालका राजन मैनाली, मालेका भीमसेन महत, अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, संस्थाका सल्लाहकार केशवप्रसाद अधिकारी, केन्द्रीय सदस्य रणधीरकुमार सिंह तथा केन्द्रीय सल्लाहकार रमाशंकर श्रीवास्तवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अध्यक्षमा चयन भएका प्रवीण मैनालीले संघको विधान अनुरूप सामाजिक कार्यसँगै नेपाल र भारतको सम्बन्ध विकासको निम्ति काम गर्दै जाने बताए साथै मकवानपुर जिल्ला र नेपाल र भारतको हकहितको लागि आपूm समर्पित भएर इमानदारी भएर काम गर्ने कुरा पनि उनले बताए ।

प्रतिक्रिया