गाँजासहित ३ पक्राउ

उदयपुर, ११ असोज । लागुऔषध गाँजासहित ३ युवा पक्राउ परेका छन् । सुनसरीको चतराबाट रामपुरतर्फ गइरहेको एक यात्रवहाक बसबाट रंगेहात पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी टोलीले बसका चेकजाँच गर्दा ना २ ख ७५६१ नम्बरको बसमा ४ किलो गाजासहित ३ जना पक्राउ परेको बताइएको छ । पक्राउपर्नेमा सशस्त्र प्रहरी बल सुरक्षा वेस ठोक्सिलाका अनुसार मैनामैनी ७ बस्ने वर्ष ३० को इन्द्र राई, ठोक्सिला २ बस्ने वर्ष १६ को किरण मगर र सोही ठाउँ बस्ने २३ वर्षीय युवराज राई छन् ।

पक्राउ पछि आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय रामपुरमा बुझाएको सशस्त्र प्रहरी नीरक्षक सुरज केसीले जानकारी दिए ।

प्रतिक्रिया