इरा–अभिलाषा जोडीको जित

lon-tenisकाठमाडौं, १० असोज । इरा रावत र अभिलाषाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्समा आइतबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा उक्त जोडीले विजिशा श्रेष्ठ र विभूति कार्कीको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।

ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा इरा र मायांका राणा सेमिफाइनलमा पुगे । इराले अभिलाषालाई ६–१ र ६–२ तथा मायांकाले गंगा शर्मालाई ६–३ र ६–३ को सिधा सेटमा हराए ।

पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले जीवन घिमिरेलाई ६–१ र ६–१, रेन्जन लामाले सुब्रत बस्नेतलाई ६–२ र ६–३, सन्तोष खत्रीले अभिनव आचार्यलाई ६–२ र ६–३, नवीन मगरले महेश श्रेष्ठलाई ०–६, ६–१ र ६–४, कमल भण्डारीले राजु श्रेष्ठलाई ६–१ र ६–१, अनिल शाहीले सम्यकभूषण वज्राचार्यलाई ४–६, ६–१ र ६–१ तथा श्रीराम मगरले रोहित सुनुवारलाई ६–० र ६–४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । प्रणव खनाल पनि क्वाटरफाइनलमा पुग्न सफल भए । पहिलो सेट ६–१ ले आफ्नो पक्षमा रहेको अवस्थामा प्रतिद्वन्द्वी प्रताप मोक्तान रिटायर्ड हर्ट भएपछि प्रणव विजेता घोषित भएका थिए ।

पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीलाई ६–३ र ६–१, आत्माराम कार्की र सन्तोष खत्रीको जोडीले नवीन पुन र प्रदीप खड्काको जोडीलाई ३–६, ६–४ र १०–४, महेश श्रेष्ठ र संरक्षकभूषण वज्राचार्यको जोडीले विवेक श्रेष्ठ र छेवाङ लामाको जोडीलाई ६–२ र ६–३ तथा अनिल शाही र शक्ति शर्माको जोडीले प्रणव खनाल र रेन्जन लामाको जोडीलाई ६–३ र ६–२ ले पन्छाए । जितसँगै विजेता जोडी सेमिफाइनलमा प्रवेश गरे ।

प्रतिक्रिया