काठमाडौं, १० असोज । पूर्वेली लोकगायक राजु ढुंगेलको लोकगीत ‘अकबरी सुन’ले टुबोर्ग इमेज अवार्ड २०१६ को उपाधि प्राप्त भएको छ । लामोसमयदेखि संगीत साधनामा पूर्वेली लोक संस्कृतिमा आधारित गीत प्रस्तुत गर्दै आएका ढुंगेलको लोकगीत सयौँ लोकगीतलाई पछि पार्दै अवार्ड प्राप्त गरेको हो ।
इमेज अवार्डको १८औँ संस्करणको उपाधि प्राप्त गर्न सफल गीतको शब्द संयोजन तथा लय संकलन अभय ढुंगेल र राजु स्वयंले गरेका छन् भने गीतलाई राजु ढुंगेल र नविन ढुंगेलले गाएका छन् । शिलाबहादुर मोक्तानको संगीतको संयोजनामा रहेको गीतलाई आर्टिस्ट नेपालले बजारसम्म पु¥याउने काम गरेको छ ।
पूर्वेली परिवेशमा रहेको गाउँका टिपिकल भाषालाई ओखलढुंगाको वरिपरि बसेर लेखिएको शब्दमा नृत्य निर्देशक यम गुरुङले निर्देशन तथा गुरुङ र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन करण र सम्पादन माधव बेल्वासेले गरेका छन् ।
प्रतिक्रिया