सुब्बा साब र (किस्मत–२) आउने

subba-sabसौर्य समाचार
काठमाडौं, ६ असोज । दसैँमा चलचित्र ‘किङ’ नआउने भएपछि २१ असोजमा ‘सुब्बा साब’ र ‘किस्मत – २’ आउने पक्का भएको छ । हिरामणि न्यौपानेले निर्माण गरेको सुब्बा साब र निर्माता छविराज ओझाको चलचित्र ‘किस्मत २’ले चलचित्र रिलिज मिति घोषणासँगै चलचित्रको फस्टलुक पनि सार्वजनिक गरेका छन् ।

सुब्बा साबको आशुतोष फिल्मस् प्रोडक्सन प्रा.लि. र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । निर्देशक अधिकारीले चलचित्रले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्रसेवा अनि सन्तानप्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए । हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा जीवन लुइँटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी र जानवी बस्नेतलगायतको अभिनय छ । चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ ।

चलचित्रमा न्यौपानेकै कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द प्रभातको नृत्य, सञ्जय तुम्रुक, डेबिट, अञ्जु पन्त, मिलन अमात्य र संयोग योगीको स्वर, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायाँकन छ ।

प्रतिक्रिया