वास्तविक कथामा बनेको ‘तुइन’

tuin-posterसौर्य समाचार
काठमाडौं, ६ असोज । धादिङ तथा गोरखा जिल्लाका बासिन्दाले अहिलेको समयमा पनि झेलिरहेको वास्तविक घटनामा आधारित चलचित्र ‘तुइन’को टिजर रिलिज भएको छ । उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र ‘तुइन’को टिजर रिलिज गरिएको हो ।

सार्वजनिक टिजरमा एक वृद्ध व्यक्तिको तुइन प्रयोगमा देखिएको पीडालाई देखाइएको छ । चलचित्रका लेखक मोहल गेलाले मान्छेहरूको सपनालाई तुइनको डोरीसँग जोडेर चलचित्रको कथा लेखिएको बताए । केही वर्ष पहिले स्कुल पढ्न जाँदा त्रिशुली नदीमा तुइन चुँडिएर धेरै बालबालिकाले ज्यान गुमाउन पुग्दासमेत बाँच्न सफल किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र तयार गरिएको निर्देशक थपलियाको भनाइ छ । चलचित्रमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेललगायतको मुख्य भूमिका छ । अमेरिकामा बस्दै आएकी श्रृजना उप्रेतीले यसमा लगानी गरेकी छिन् ।

प्रतिक्रिया