सीमाको सीमा–२

sima-2काठमाडौं, ५ असोज । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको प्रचलन बढीरहेको वर्तमान अवस्थामा अडियो सिडी निकाल्ने श्रष्टाहरूमा कमी आएको छैन । मीठो स्वरकी गायिका सीमा शाहले हालै एकल स्वरमा अडियो सिडी ‘सिमा–२’ सार्वजनिक गरेकी छन् ।
मीठामीठा ७ वटा गीत संग्रहित ‘सीमा–२’ मा संतोष पोखरेल, समीर राई, सारिका घिमिरे, शंकर श्रेष्ठ, लय संग्रौला, ललिता कुँवर, अशोक महर्जनको शब्द रहेको छ भने बिक्रम थापा, कमल खत्री, करणराज कार्की, स्व. रत्नबहादुर खड्गी, स्व. राम थापाको संगीत सिर्जना रहेको छ ।
‘सीमा–२’ लाई सान्त्वना रेकर्डस् नेपालले बजार व्यवस्थापन सम्हालेको छ । पहिलो एल्बमले सीमालाई जुन उचाइमा पु¥याएको थियो ‘सीमा २’ ले त्योभन्दा पनि माथिल्लो स्थान पाउने कुरामा गायिका सीमा शाह विश्वस्थ देखिएकी छन् ।

प्रतिक्रिया