काठमाडौं, १५ जेठ । कमेडी फ्लेभरमा लभ स्टोरी बोल्ने चलचित ‘लालजोडी’ प्रचारको हिसाबमा गुमनाम जस्तै रहेको भए पनि १७ भदौको समयलाई पर्खिरहेको छ । १७ भदौमा सञ्चारकर्मी लक्ष्मण सुवेदीको ‘लालजोडी’सहित ४ वटा फिल्म रिलिजको पर्खाइमा रहेको छ ।
अन्य ३ वटा फिल्म ‘ब्रासलेट’, ‘दि विनर’, ‘बृन्दावन’ले आफ्नो प्रचारलाई तीव्रता प्रदान गरेको भए पनि ‘लालजोडी’ले पोष्ट प्रोडक्सनको काम भइरहेको मात्र जनाएको छ । योसँगै अर्को चलचित्र ‘स्काउट’को समेत बजारमा हल्ला चलेको छ । तर, अन्तिम नामको फिल्म आउने नआउने फाइनल नहुँदा अन्य फिल्म भिडन्तका लागि तयार छन् ।
गतवर्ष नै रिलिज हुने भनिएको निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’ले एकवर्ष पहिले नै पोस्टर, गीत रिलिज गरिसकेको छ । ‘दि विनर’ले पनि टिजर र गीत फालिसक्यो । तर ‘लालजोडी’ले हालसम्म कुनै पनि प्रचार सामग्री बाहिर नल्याईदा कुनै आश्चार्य नमान्न निर्देशक सुवेदीको भनाइ रहेको छ । उनले भने, ‘हिरोको रोल लास्टमा आउँछ !’ आपूm आन्तरिक तयारीमा रहेको र प्रतिस्पर्धीको रुपमा कसैलाई नलिएको भन्दै समयक्रम हेरेर प्रचार थालनी गर्ने उनले बताए ।
उनी भन्छन्, ‘मेरो प्रोडक्ट स्ट्रोङ्ग छ, आफ्नो हतियार बलियो भएका को सँग किन डराउनु’ सुवेदीले थपे, ‘पोष्ट प्रोडक्शनको काम अघि बढिरा’छ, असार दोस्रो हप्तापछि प्रचारलाई रफ्तार दिने सोचमा रहेका छौं ।’ उनले फेसबुकमा भने कमेन्ट र पोस्टमा जोडिएको ‘लालजोडी’को एक प्रकारको हाइप बनिसकेको बताए । फिल्मसँग जोडिएका हरेकजसो व्यक्तिहरुको फेसबुक भित्तामा ‘लालजोडी’ भेटिन्छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।
कमेडी फ्लेभरमा लभ स्टोरी बोल्ने यो फिल्ममा कमेडियन कलाकारहरुको वर्चस्व छ । टेलिफिल्म ‘मेरी बास्सै’ र ‘तीतो सत्य’मा नेता डा.बाबुराम भट्टराइको क्यारिकेचर गर्दै चर्चामा आएका कलाकार ज्योति काफ्ले फिल्मकाल लिड कलाकार हुन् । फिल्ममा ज्योतिसँगै रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, पुरना थापा, बुद्धि तामाङ, गोविन्द कोइराला, सीपी पौडेल, किशोर भण्डारी, सुजन घिमिरे, यादव पुडासैनी, मधुसुदन पाठक पनि देखिने छन् ।
प्रतिक्रिया