काठमाडौं, १४ जेठ । अहिले चलचित्र तथा मोडलिङको बजारमा चर्चित नायिका केकी अधिकारी र मोडेल केके अधिकारीले पहिलोपटक एउटै स्क्रिन सेयर गरेका छन् । गायक मिङ्मा शेर्पाको ‘कसरी’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी नायिका केकी अधिकारीले यसअघि सयौँ म्युजिक भिडियो र दर्जनाँै नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् ।
कलेज अफ फिल्म स्टडी, ओस्कार कलेजको दोस्रो वर्षमा अध्यनरत मोडेल केके अधिकारी पनि विगत ३ वर्षदेखि मोडलिङ क्षेत्रमा आवद्ध छन् । उनले २ दर्जनभन्दा बढी म्युजिक भिडियो र केही चलचित्रमा पनि अभिनय गरिसकेका छन् । यी २ कलाकारलाई पहिलोपटक एउटै पर्दामा ल्याउने काम गरेकी छन् गायिका दीपा पन्तले ।
गायिका पन्त अब चाँडै नै दर्शक श्रोतामाझ आफ्नो नयाँ डान्सिङ गीत ‘झट्का झट्का झट्का’ मा केके र केकीको जोडीलाई देख्न पाइने भएको छ । पन्तको गीतमा शब्द र संगीत राजकुमारको रहेको छ । काठमाडौंमा अवस्थित काठमाडौैं फन पार्कमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियो सुटिङ सम्पन्न भइसकेको छ ।
डान्सिङ बिट रहेको यस गीतलाई कोरियोग्राफर दीपक एम सिंहले कोरियोग्राफ गरेका छन् भने क्यामेरामा हरि हुमागार्इं रहेका छन् । यस गीतलाई मोडेल केके अधिकारी आफैँले निर्देशन गरेका हुन् । ठूलै बजेट खर्चिएको भनिएको यस भिडियोलाई नयाँ शैलीमा सुट गरेको दाबी गरिएको छ ।
प्रतिक्रिया