राष्ट्रिय क्रसकन्ट्रीको तयारी पूरा

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा शनिबार हुने चौथो राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपको तयारी पूरा भएको आयोजकले जनाएको छ । माउन्टेन स्पोर्टस्अन्तर्गत हुन लागेको प्रतियोगितामा विभिन्न ४ विधामा ४ सय १५ खेलाडीको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
सिनियर पुरुष ८ किलोमिटरमा ६६, जुनियर महिला ६ किलोमिटरमा ३५ तथा विद्यालयतर्फ छात्र÷छात्राको ६ किलोमिटरमा क्रमशः २ सय २५ र ८९ खेलाडीले भाग लिनेछन् । सिनियर पुरुष÷जुनियर महिलामा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै छात्र÷छात्रामा पहिलो हुनेले ९ हजार, दोस्रोले ६ हजार र तेस्रोले ४ हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता कागेश्वरी–मनोहरा नगरपालिकास्थित गागलफेदी शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुनेछ । (सौस)

प्रतिक्रिया