धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

ct express copyकाठमाडौं, १३ जेठ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हास्य कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली फाउन्डेसन) लाई १५ लाख ५५ हजार सहयोग गरेको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ट्रान्सफरले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’द्वारा निर्माणाधीन सिन्धुपलान्चोकस्थित ‘गिरान्चौर एकीकृत नमुना वस्ती’ निर्माणका लागि १५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

उक्त सहयोग रकम कम्पनीका प्रबन्धनिर्देशक चन्द्र टन्डनले हस्तान्तरण हस्तान्तरण गर्दै आफू पनि बस्ती निर्माणमा सहभागी हुने जानकारी दिएका हुन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले ‘सेवा नै परम धर्म हो’ भन्ने सिद्धान्त अनुसार विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । यसअघि सुनकोसी बाढीपीडितका लागि राहत वितरण, भूकम्पपीडितलाई सहयोग, पशुपतिनाथ मन्दिर परिसरमा भूकम्पप्रतिरोधी नमुना शौचालयजस्ता विकास निर्माणको काम गरिसकेको छ ।

‘भूकम्पपीडित जनताका लागि ‘गिरान्चौर एकीकृत नमूना वस्ती’ निर्माण सुरू गरिसकेको जानकारी हुन आएको हुँदा मलाई अति नै खुसी लाग्यो,’ टन्डनले भने, ‘सामान्य परिवारमा जन्मिएका कलाकारद्वय धुर्मुस–सुन्तलीले गर्नुभएको उक्त कार्यलाई अन्तरआत्माले समर्पण गरी सहयोग गर्न चाहे, नहुने के नै रहेछ र ? भन्ने कुरा प्रमाणित गरिदिएको छ । हामी सदैव यहाँहरूको साथमा छौँ ।’

प्रतिक्रिया