वि लभ युको सफाइ अभियान

1काठमाडौं । वि लभ यु फाउन्डेसनले शनिबार काठमाडौंमा सरसफाइ अभियान चलाएको छ । फाउन्डेसनले मौसम परिवर्तनका कारण बिग्रँदै गएको वातावरणप्रति विश्वव्यापी रुपमा सचेतना ल्याउने विश्व सरसफाइ अभियान सञ्चालन गरेको छ । यही अभियानअन्तर्गत शनिबार नेपालमा फाउन्डेसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा सरसफाइ गरेको हो ।

फाउन्डेसनले विगतमा पनि भूकम्प पीडितका लागि विभिन्न राहत सामग्रीहरु वितरण गरेको थियो । फाउन्डेसनले भूकम्पले क्षति पुगेको केही विद्यालयहरुको भवन निर्माणमा समेत सहयोग गरेको थियो । आयोजकका अनुसार वि लभ यु फाउन्डेसनले ‘आमाको मनद्वारा सेवा गर्ने’ भिजन बोकेको छ । समाजमा सकारात्मक काम गर्दै जानेक्रममा विश्वमै वातावरणसम्बन्धी सचेतना फैलाउन आफूहरु सफल हुने उनीहरुले विश्वास व्यक्त गरेका छन् । (सौस)

प्रतिक्रिया