भक्तपुर, ९ जेठ । नुवाकोट रातामाटेकी अन्जना थापाको तीन वर्ष अघि काभ्रे महादेव स्थानका श्याम श्रेष्ठसँग उनकै गाउँमा नै चिनजान भयो । त्यतिबेला थापा कक्षा १० मा पढ्दै थिइन् । उनै थापाको अहिले ज्यानै गुमेको छ ।
काभ्रे महादेव गाविस– ८ मण्डनपौवा घर भएका श्याम पेशाले इँटा भट्टाको ट्रक चलाउने काम गर्थे । त्यसैले त ३ वर्षअघि उनी रातमाटे पुगेका थिए । घरमा पत्नी र छोरो हुँदाहुदैँ पनि त्यतिबेला १५ वर्षे थापालाई साथी बनाउन उनले अग्रसरता देखाए । फोन नं. आदन प्रदान भयो ।
श्यामसँगको मित्रताको साइनो गासेकी अन्जना र श्याबीच प्रेम भयो । स्कुले जीवन सकिएपछि अन्जना श्यामकै आग्रहमा उच्च शिक्षा पढ्न काठमाडौं आइन् । कोटेश्वर बहुमुखी क्याम्पसमा भर्ना भएर भक्तपुरको कौशलटारमा कोठा लिएर बस्न थालिन् । पछि कौशलटारबाट उनी सूर्यविनायकतिर कोठा सरिन् । सामाजिक परम्पराअनुसार पति÷पत्नी नभए पनि उनीहरू सम्बन्धमा रहेका थिए । त्यसबीच श्याम र अन्जनाबीच सबै भयो जुन् सम्बन्ध पतिपत्नीबीच हुन्छ ।
यो साल कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पढाई सक्ने धोको भने अन्जनाको गत २१ बैशाखको राती उही प्रेमीले श्यामले निर्मम तरीकाले कुटेर हत्या गरेपछि अधुरो रह्यो । राम्रोसँग चलेको सम्बन्ध एकाएक अन्जना नुवाकोट गएपछि भने बिग्रियो । यतिसम्म भयोकि उनले श्यामको फोन उठाउन् छोडिन् । जेठी पत्नी र ३ वर्षको छोरोलाई खासै वास्ता नगर्ने श्याम त्योभन्दा अगाडि अन्जनासँग नै रमाउथे ।
केही समय अगाडिदेखि उनीहरूबीच नियमित फोनमा झगडा हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी मित्रबन्धु शर्माले बताए ।
गत २१ बैशाखमा पनि दिउँसो फोनमा पटकपटक झगडा गरेका उनीहरू अन्जनाले फोन गरेपछि राती ८ बजेतिर श्याम उनकै कोठामा गएको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी शर्माले बताए । सो दिन अन्जना बाथरुममा नुहाउन गएको समयमा कोठामा पुगेका श्यामले अन्जना नुहाएर फर्कदा उनको मोबाइल चलाएको देखेपछि झगडा सुरु भएको श्यामले प्रहरी समक्ष बयान दिएका छन् ।
मदिरा सेवन गरेर आएका श्यामले अन्जनालाई कुटपिट गरेका गरेर कोठा बाहिर निस्कन लाग्दा अन्जनाले तानेपछि उनको बायाँ कन्चटमा मुक्का प्रहार गरेका थिए । त्यसपछि बेहोस भएकी अन्जनालाई खाटमा सुताएर ब्ल्यांकेटले छोपेर उनी आफूले चलाउँदै आएको बसमा गएर सुतेको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटना भएको भोलीपल्ट पनि सूर्यविनायकस्थित अन्जनाको कोठामा गएका श्याम अन्जनाको मृत्यु भएको पक्का भएपछि भने त्याहाँबाट भागेका थिए । सधैँ देखिने मानिसलाई २ दिनदेखि नदेखिएपछि घरमा बस्ने अन्य मानिसले प्रहरीलाई खबर गरेका थिए ।
अन्जनाको हत्यापछि जेठी पत्नीलाई र छोरो लिएर कपिलवस्तु जिल्लाको चद्रटौ पुगेको सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि पत्नी र छोरोसहित भारतको पन्जावमा रहेका आफन्तकोमा गएका श्याम केही समयपछि नेपाल फर्किदा दाङ जिल्लाको लमहीबाट गत ५ जेठमा प्रहरीले प्रक्राउ गरेको थियो । श्यामलाई हिरासतमा लिई अन्जनाको हत्याबारे थप अनुसन्धान भइरहेको डिएसपी शर्माले जानकारी दिएका छन् ।
प्रतिक्रिया