काठमाडौं, ८ जेठ । ‘आह्वान समूह’द्वारा सञ्चालित ‘आह्वान’को चौथो शृंखलामा बालुवाटारस्थित नेसनल कलेजमा शुक्रबार कवि गीता त्रिपाठीको कवितासंग्रह ‘सिमलको गीत’माथि अन्तक्र्रिया गरिएको छ । गीताका कवितामाथि बोल्दै समीक्षक तथा प्रमुखवक्ता महेश पौड्यालले गीता गीतकार पनि भएकाले उनका कवितामा लयात्मकता पाइने बताएका थिए ।
‘गीताका कवितामा ग्रामीण परिवेशमा निजात्मक अनुभूति पाइन्छ,’ उनले भने, ‘विद्रोह, असन्तुष्टिलाई पनि कलात्मक कलेवर दिनसक्ने क्षमता गीतामा छ ।’
लेखकत्रय अर्चना थापा, उमा सुवेदी र कुमारी लामाको सक्रियतामा सञ्चालित समूह आह्वानले क्षमता भएका तर छायाँमा परेका महिला लेखकहरूको लेखन र लेखनसँग जोडिएका विषयमाथि मासिक रूपमा बहस तथा छलफल चलाउँदै आएको छ ।
प्रतिक्रिया