मोडेल केके अधिकारीको चर्चा मोडलिङमा

k k adhikariकाठमाडौं, ८ जेठ । गायिका माया अधिकारीको ‘मेरो नै रूप’ बोलको गीतबाट आफ्नो मोडलिङमा डेब्यु गरेका केके अधिकारी अहिले नेपाली म्युजिक भिडियोमा निकै नै व्यस्त मोडेलका रूपमा चिनिन्छन् । नेपालगञ्ज घर भई हाल काठमाडौं बस्ने मोडेल केके अधिकारी मोडलिङ सँगसँगै नेपाली फिल्मी क्षेत्रमा पनि आबद्ध छन् । उनले केही नेपाली कथानक चलचित्रमा सहअभिनेताको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।

२ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका अधिकारी कलेज अफ फिल्म स्टडी, ओस्कार कलेजको दोस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् । उनले आफ्नो ज्ञानको सदुपयोग गर्दै म्युजिक भिडियो निर्देशनसमेत गरेको बताउँछन् । मोडलिङमा विशेष रुचि भएका उनले निर्देशन भने व्यक्तिगत अनुभवको लागि मात्र गरेको बताए । हालै मात्र उनको निर्देशनमा २ वटा म्युजिक भिडियो सार्वजनिक भएको छ जसमध्ये एउटामा उनी आफँैले अभिनय गरेका छन् ।

चर्चित गायक प्रकाश तिमिल्सिनाको आवाजमा सजिएको रोमान्टिक गीत ‘छन् छन् बज्ने चुरा’ मा अभिनय गरेका उनले नायिका शुभेक्षा थापासँग अभिनय गरेका हुन् । गंगासागर पन्तको शब्द र संगीत रहेको गीत पर्यटकीय स्थल नगरकोटको विभिन्न ठाउँमा छायांकन गरिएको छ । उक्त भिडियो मोडेल केके अधिकारी स्वयंले निर्देशन गरेका हुन् भन्ने भिडियोको दृश्य बासु बरालले छायांकन गरेका हुन् ।

मोडलिङमा चर्चा बटुल्दै गरेका मोडेल केके अहिले नयाँ म्युजिक भिडियोको सुटिङमा निकै नै व्यस्त छन् । केही दिनमा नै उनको अरू नयाँ भिडियो आउन लागेको उनले सुनाए ।

प्रतिक्रिया