काठमाडौं, ८ जेठ । रेमिट्यान्ससम्बन्धी मासिक १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने उदेश्यका साथ बनेपामा नयाँ कम्पनी चण्डेश्वरी मनी ट्रान्सफर खुलेको छ । चारदोबाटोमा राखिएको यो कम्पनीले शनिबारवाहेक अन्य सार्वजनिक बिदाको दिनमासमेत बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ ।
चण्डेश्वरी मनी ट्रान्सफरका प्रोपाइटर कुमार सापकोटाले जानकारी दिए अनुसार बैँकहरूले सार्वजनिक बिदाका दिनबाहेक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र रेमिट्यान्ससम्बन्धी सेवा दिएका छन् । बैंकबाट १ लाख रुपैयाँभन्दा बढी रकम खाताबाट मात्र कारोबार हुने भए पनि यो कम्पनीले १ जनालाई एकपटकमा ५ लाख रुपैयाँसम्म उपलब्ध गराउने बताइएको छ । रयाले गाविसनिवासी सापकोटाले रेमिट्यान्ससम्बन्धी काभ्रेका जनतालाई सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउनको लागि आपूmले यो कम्पनी स्थापना गरि सेवा सुरु गर्न लागेको पनि बताएका छन् ।
चण्डेश्वरी मनी ट्रान्सफरमा विदेशबाट प्रमु, हिमाल, आइएमईलगायत सबै कम्पनीबाट पठाइएको रेमिट्यान्स उपलब्ध हुने कम्पनीका प्रोपाइटर सापकोटाले बताएका छन् । बनेपामा योसमेत अन्य २ वटा निजी कम्पनीले रेमिट्यान्ससम्बन्धी कारोबार गरिरहेका छन् । काभ्रेको बजारमा दैनिक १ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्ससम्बन्धी कारोबार हुने गरेको छ । काभ्रेमा वैदेशिक रोजगारीका लागि जानेको संख्या ४० हजारभन्दा बढी रहेको अनुमान गरिएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रेमिट्यान्ससम्बन्धी कारोबार गर्न निजी कम्पनीहरू आकर्षित भएका छन् । रेमिट्यान्सलाई सहज र सर्वसुलभ रूपमा जनताको घरदैलोमा पु¥याउने उदेश्यका साथ जिल्लाको व्यापारिक केन्द्र बनेपामा यस्ता कम्पनीहरू खुल्ने क्रम बढ्न थालेको हो ।
प्रतिक्रिया