‘लुकामारी’को ट्रेलर आयो

lukamariकाठमाडौं, ७ जेठ । असार १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुकामारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘लुट’मा एकसाथ काम गरेका कलाकारद्वय सौगात मल्ल र कर्माले फेरि यस चलचित्रमा पनि उस्तै हंगामा मच्चाउने निर्माताहरूले विस्वास लिएको बताएका छन् ।

यो चलचित्रको २ वटा गीत सार्वजनिक भएपछि ट्रेलर रिलिज गरिएको छ । श्रीराम दाहालले निर्देशन गरेको यो चलचित्रमा कमेडी भरपुर छ । विशेषगरी, मुख्य कलाकारद्वय सौगात मल्ल र कर्माले दर्शकलाई हँसाउने देखिएको छ । चलचित्रमा रिस्ता बस्नेत र सुरविना कार्कीको पनि मुख्य भूमिका छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको उचाइ चुलिने संभावना छ । सुरजमान सिंह भण्डारीले चलचित्र निर्माण गरेका हुन् ।

प्रतिक्रिया