बनेपामा सिसी क्यामेरा

kavreकाभ्रे, ७ जेठ । व्यापारीक नगरी बनेपामा सिसी क्यामेरा जडान गरिएको छ । सुरक्षात्मको दृष्टिले अति संवेदनशील क्षेत्रको रूपमा लिँदै बनेपाको व्यस्त रहने बजार एरियामा सिसी क्यामेरा जडान गरिएको हो । काभ्रे उद्योग वाणिज्य संघको पहल तथा लगानी र बैंक, विकास बैंक, फाइनान्स, सहकारी र काभ्रे सुन चाँंदी व्यवसायी संघ र अन्य संस्थाहरूको संयुक्त लगानीमा ‘सुरक्षित बनेपा उज्यालो बनेपा’ अभियानअन्तर्गत शुक्रबार पहिलो चरणमा बनेपा बजारमा क्यामेरा जडान गरिएको छ ।

इलाका प्रहरी कार्यलय बनेपाको निगरानीमा सञ्चालित हुने सिसी क्यामेराले व्यस्त बजारका हरेक गतिविधिहरू कैद गर्ने बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनील घिमिरेका अनुसार क्यामेरा जडान गरिएको क्षेत्रमा सबै तवरले पछिसम्मका लागि निरन्तर निगरानी गरिरहने र प्रहरीले अन्यन्त्र हुनसक्ने घटनामा ध्यान पु¥याउने उनको भनाइ छ ।

सिसी क्यामेरा जडानको पहिलो चरणबारे जानकारी दिँदै काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले सुरक्षित सहर निर्माणको लागि सबै पक्ष जिम्मेवार रहनुपर्ने बताए ।

प्रतिक्रिया