प्रहरी चौकीका लागि जनताको सहयोग

भद्रपुर, ७ जेठ । झापाको गोलधाप–२ स्थित स्वास्थ्य चौकी निर्माण गर्न स्थानीय केही महानुभावले करिब ७० लाख मूल्य पर्ने जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् । जग्गा दान गर्नेहरूमा धर्म सिवाकोटी १ कट्ठा, होम सिवाकोटी १ कट्ठा, दिलकेशर थापा १ कट्ठा, यज्ञराज पकुवाल १ कट्ठा १० धुर, जीवन पकुवाल १ कट्ठा, रुक्मणी संग्रौला १ कट्ठा र रमेश पकुवाल १ कट्ठा जग्गा दिएको धर्म सिवाकोटीले जानकारी दिए ।

स्थानीय समुदायको माग र अग्रसरताबाट प्राप्त भएको जग्गामा निकट भविष्यमै स्वास्थ्य चौकी बन्ने र त्यसबाट आमनागरिकलाई स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले प्रदान गर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिए । यसैगरी, गोलधाप प्रहरी चौकीलाई सुरक्षाको निम्ति घेराबेरा लगाउन स्थानीय समुदायले संकलित गरेको १३ लाख रूपैयाँमा निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया