इरानी अभिव्यक्तिको विरोध

रियाद, ६ जेठ । इरानले यसवर्ष साउदी अरेबियामा हुने हजमा आफ्ना नागरिक सहभागी नहुने भनी दिएको अभिव्यक्तिको विभिन्न मुस्लिम देशले विरोध गरेका छन् । गत सोमबार मात्र साउदी अरेबियाले इरानका कारण इरानी नागरिक हज गर्नबाट वञ्चित भएको आरोप लगाएको थियो । साउदी अरेबियाले यसपटक हज गर्नका लागि आफ्ना नागरिक नपठाउने प्रतिक्रिया इरानले दिएको जनाएको थियो ।

इरानको यस कदमको विभिन्न मुस्लिम देशका साथै मुस्लिम राष्ट्रहरूको साझा संस्था गल्फ कोअपरेसन काउन्सिलले पनि विरोध गरेको साउदी अरेबियाको समाचार समितिले जनाएको छ । नागरिकले हज गर्न पाउनेजस्तो धार्मिक नैसर्गिक अधिकारमाथि इरानले राजनीति गरेको आरोप साउदी अरेबियाको छ ।

साउदी अरेबियाको समाचार समिति साउदी प्रेस एजेन्सीले जनाएअनुसार साउदीमा हज गर्न आउने आफ्ना नगरिकलाई विभिन्न कारण देखाएर आउन नदिने गरी इरानले प्रतिबन्ध लगाउन सक्ने निर्णय पनि गर्न सक्ने पाइएको छ ।

हजका क्रममा गतवर्ष भएको भागदौडका क्रममा कयौँ नागरिकको ज्यान गएको थियो । त्यसमा पर्ने इरानी नागरिकका तर्फबाट इरानले साउदी अरेबियासँग प्रश्न उठाएको थियो । त्यस विषयमा इरानले साउदी अरेबियासँग कुनै सम्झौता गर्न इरानले मागगर्दै आएको थियो । तर, सो विषयमा सहमति हुन नसकेपछि इरानको यो भनाइ आएको हो । इरानले यसपटकको हजमा इरानी नागरिकको सहभागिता नरहन पनि सक्छ भनी दिएको अभिव्यक्ति प्रति अरेबियाली देशले आपत्ति जनाएका हुन् ।

इरान सरकारले सोमबारै २ देशबीचमा हुने भनिएको सो सम्झौतामा सहमति गर्न पनि इरानले नै अस्वीकार गरेको जानकारी दिएको थियो । तर, इरानले यस अभिव्यक्तिको भने खण्डन गरेको छ । साउदी अरेबिया संसारका कुनै पनि मुस्लिमलाई हज गर्नेजस्तो पवित्र कार्यबाट वञ्चित गर्दैन, संसारका सबै मुस्लिम नागरिकलाई स्वागत गर्न हामी तयार छौँ भन्दै साउदी अरेबियाले हालै मात्र विज्ञप्तिमार्फत आग्रह गरेको थियो ।

प्रतिक्रिया