लुम्बिनी क्षेत्रको सुरक्षामा कडाइ

रूपन्देही, ५ जेठ । २५६०औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस नजिकिँदै गर्दा यस क्षेत्रको शान्ति सुरक्षा कडा बनाउनुका साथै अन्य तयारीलाई तीव्र बनाइएको छ । क्षेत्रीय प्रशासन कार्यालय पोखराका प्रमुख क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइराला र क्षेत्रीय प्रहरी प्रमुखसहितको सुरक्षा प्रमुखको टोली पनि लुम्बिनीमै खटिएका छन् ।

बुद्ध जयन्ती आउन ३ दिन मात्रै बाँकी रहँदा लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी तथा सुरक्षा प्रबन्ध मिलाउन लुम्बिनी आएका क्षेत्रीय प्रशासक कोइराला बुद्ध जयन्ती सम्पन्न नहुँदासम्म लुम्बिनीमै बस्ने कार्यक्रम रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गइरहेको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई सफल पार्नका लागि उनीसहित क्षेत्रीयस्तरबाट सुरक्षा प्रमुखको टिम लुम्बिनीमा आएको हो । मंगलबार मात्रै पोखराबाट लुम्बिनी आएका क्षेत्रीय प्रशासकले जिल्ला प्रशासन कार्यालय रूपन्देहीको संयोजनमा भैरहवामा बुद्ध जयन्तीको तयारीबारे जिल्लास्थित दलका प्रमुख तथा प्र्रतिनिधि, सामाजिक संघ सस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतसँग समन्वय गरेको छ ।

प्रतिक्रिया