पाँचथरमा सिसी क्यामेरा जडान

cccamaraपाँचथर, ५ जेठ । पाँचथरको सदरमुकाम फिदिममा अपराध नियन्त्रण गर्न प्रहरी तथा स्थानीय मिलेर सिसी क्यामेरा जडान गरेका छन् । सुरक्षा प्रणालीलाई समृद्व बनाउन सिसी क्यामेरा जडान गरिएको हो ।

नेपाल सरकारको नमुना सहरको रूपमा सूचीकृत भइसकेको फिदिम बजारलाई थप टेवा पु¥याउने लक्ष्य अनुसार अभियान सञ्चालन गरीएको हो ।

क्यामेरा जडान गर्न संसद विकास कोष, उद्योग वाणिज्य संघ राजनीतिक दल, जिल्लास्थित संघ संस्थाहरू उद्योग व्यवसायी, नागरिक समाजको आर्थिक सहयोग रहेको छ । करिब १८ लाख को लागतमा बजारभित्र २८ वटा क्यामेरा जडान गरिने प्रहरीले जनाएको छ ।

जडान गरिएका पुराना ८ वटासहित क्यामेरा मर्मत गरी २८ वटा जडान हुने डिएसपी कोइरालाले बताए । जडान भएका क्षेत्र फिदिम बजारभित्रका ठाउँहरू शनिबारे हटिया लाइनदेखि चारबारेसम्म, बसपार्कदेखि प्रहरीकार्यालय गेटसम्मको क्षेत्रमा जडान हुनेभएको प्रहरीले जनाएको छ । नमुना सहरको फिदिम बजार २४ सै घन्टा सिसीक्यामेराको निगरानीमा रहने डिएसपी कोइरालाले बताए ।

कोइराला भन्छन्, ‘अब प्रमाणसहित अनुसन्धान हुने र क्यामेराले मानिसमा मनोवैज्ञानिक दबाब हुनेछ अपराध नै घटनेछ ।’ कोइरालाका अनुसार २ जेठदेखि सुरुगरी १५ जेठभित्र जडान कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । सिसीक्यामेरा जडानका लागि आर्थिक सहयोग व्यापारी घरघरान, जलविद्युत् आयोजना माउन्टेन हाइड्रोपावर, पाँचथर पावर कम्पनीलगायतसँग आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताएका छन् ।

फिदिम बजारको गणतन्त्रचोक आसपासमा २ वर्षअघि जडान गरिएको सिसी क्यामेरालाइ प्रभावकारी र थप गरी निरन्तरता दिएको भनाइ रहेको छ । पाँचथरमा तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा जडान सुरु गरिएको थियो । अपराध र अपराधीहरू न्यूनीकरण गर्न डिएसपी कोइराला पाँचथर आए लगतै आप्mनै अगुवाइमा अहोरात्र खटिरहेको पाइएको छ ।

प्रतिक्रिया