निगमले ऋण ति¥यो

काठमाडौं । नेपाल आयल निगमले सरकारसँग लिएको ऋण तिरेर ४ अर्ब रूपैयाँमा झारेको छ । निगमले सरकारलाई तिर्न बाँकी ७ अर्ब ६४ करोड १० मध्ये सोमबार ३ अर्ब ६४ करोड १० लाख रूपैयाँ तिरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘सरकारसँग लिएको ऋण घटाउँदै गएका छौँ,’ प्रवक्ता घिमिरेले भने, ‘अब ४ अर्ब रूपैयाँ मात्र तिर्न बाँकी छ ।’

अर्थमन्त्रालयले तेल आपूर्तिका लागि लिएको ऋण तिर्न ताकेता गरेपछि निगमले ऋण तिर्दै आएको हो । निगमका कर्मचारीले ऋण नतिरी करिब ९० करोड बोनस खान लाग्दा चौतर्फी विरोध भएपछि बोनस खान रोकेको थियो । स्वचालित मूल्य प्रणाली लागु गर्ने घोषणा गरेको निगमले भारतको नाकाबन्दीको समयमा मूल्य समायोजन नगरी नाफा कमाएर धमाधम ऋण तिर्दै आएको छ । (सौस)

प्रतिक्रिया