तीन रंग पत्रकारलाई सम्मान तथा पुरस्कार

rnga patrakar sammanitकाठमाडौं, ३ जेठ । चलचित्र पत्रकार संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ३ रंग पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । सोमबार बसेको संघको कार्यसमितिको बैठकले डब्बु क्षेत्रीलाई ‘चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, तुलसी गिरी ‘भावुक’ र श्याम अर्याललाई ‘चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । भावुक र अर्याललाई जनही १५ हजार ५ सय ५५ सहित पुरस्कृत गर्न लागिएको संघका अध्यक्ष शान्तिप्रियले जानकारी दिए ।

चलचित्र पत्रकार संघले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष १ जना पत्रकारलाई सम्मान तथा २ जनालाई पुरस्कृत गर्दै आएको छ । पुरस्कार यही जेठ ७ गते प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया