म्याग्दी, ३ जेठ । म्याग्दी जिल्लाको देवीस्थान गाविसको फेदीमा बाढी आउनुभन्दा पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । धौलागिरी हिमालको फेदीबाट जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी खोलामा आउन सक्ने बाढीबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो ।
बहुसरोकारवाला वन कार्यक्रम (लिभर्ड)को आयोजना, संगम म्याग्दीको सहयोग एवम् ‘सस्टेनेबल इको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा जडान गरिएको प्रविधि समुदायलाई हस्तान्तरण गलिाई पठाउने सङ्केत उपकरणले प्रशोधन गरेर साइरन (घन्टी) बजाएर खतराको सूचना दिने प्राविधिक नरेन्द्र बज्राचार्यले जानकरएको छ । नदी किनारमा राखिएको पानीको सतह मापन गर्ने स्वचालित सचेतक उपकरणले संकेत प्रशोधन गरेर रेडियो ट्रान्समिटरमार्फत नजिकैको बस्तीमा राखिएको रेडियो रिसिवरारी दिए ।
पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने र निरन्तर घन्टी बजेमा खतरा हुने भएकाले तटीय क्षेत्रका तल्लो बस्ती, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई सूचना प्रवाह गरेर पूर्व तयारी गर्ने संयन्त्र तयार गरिएको छ । उक्त प्रणालीले एक÷एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे खतराको चेतावनी दिने भएकाले बाढीबाट बच्न सावधानी अपनाउन सकिने प्राविधिक बज्राचार्यले बताए ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास संस्था (इसीमोड)ले विकास गरेको यस्तो प्रविधि नेपालमा यसअघि म्याग्दीको बाबियाचौर, भुरुङ तातोपानी, बागलुङको खुङ्गा गाविसको हुन्द्राफेदी र महोत्तरीको जलेश्वरस्थित रातुखोलामा जडान गरिएको प्राविधिक बज्राचार्यले बताए । प्रमुख जिल्ला अधिकारी केशव आचार्यले तटीय क्षेत्रमा रहेका मानव बस्तीमा बाढीले पु¥याउने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणाली उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
हिमताल फुट्ने, हिमपहिरो, पहिरो, भीषण वर्षा, बाढी र नदी थुनिएको अवस्थामा नदीमा बाढी आउने जोखिम रहेको छ । पछिल्लो पटक विसं ०५८ मा म्याग्दी नदीमा आएको बाढीले तटीय बस्तीका झोलुङ्गेपुल, व्यक्तिका घर, बाटो, विद्यालय भवनलगायत भौतिक संरचनामा ठूलो क्षति गरेको थियो । ‘बर्खायाममा भीषण वर्षा हुँदाको रातीको समयमा टर्च बालेर खोलामा कति बाढी आयो भनेर छिनछिनमा हेर्न जानुपर्ने अवस्था थियो’ दरवाङका बासिन्दा वीरबहादुर कार्कीले भने ‘पूर्व सूचना प्रणाली जडान भएपछि ढुक्क भएर सुत्न पाउने भएका छौँ ।’
प्रतिक्रिया