रबिमा इलाका प्रशासन कार्यालय स्थापना

पाँचथर, ३ जेठ । पाँचथरको रबि गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालयको पाँचथर प्रमुख जिल्ला पुरुषोत्तम घिमिरेले उद्घाटन गरेका हुन् । इलाका कार्यालय प्रशासन प्रमुखमा कायममुकायम अधिकृत रेणूप्रसाद ओझाले जिम्मेवारी पाएका छन् । इलाका कार्यालयबाट रबि गाविस ७ की अस्मिन राईले पहिलो पटक सोमबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । कार्यालयबाट नागरिकले राहदानी सिफारिस, नाबालक परिचयपत्र, ठाडो उजुरी, संघसस्थाको नवीकरण, बजार अनुगमनलगायत अधिकार प्रयोग गर्ने भएको छ ।

इलाका कार्यालयबाट १० गाविसका नागरिकहरूले जनमुखी प्रशासनको सेवा पाउने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरेको सक्रियतामा दुवै क्षेत्रमा कार्यालय स्थापना भएकाले जनताले दुःख पाउनबाट मुक्ति मिलेको प्रजिअ घिमिरेले बताएका छन् । जिल्लामा बिदाको समयलाई सदुपयोग गरी गाउँ–गाउँमा घुम्ती शिविर सञ्चालन गरी सेवाप्रवाह गर्ने उनले बताए ।

प्रतिक्रिया