भेनेजुएलाली राष्ट्रपतिको चेतावनी

कराकास, २ जेठ । भेनेजुएलका राष्ट्रपति निकोलास मडुरोले देशमा बन्द भएका कारखानाहरू सरकारले कब्जा लिने घोषणा गरेका छन् । कारखाना सरकारीको कब्जामा लिनुको साथै उक्त कारखानाको मालिकहरूलाई जेलमा राखिनेसमेत उनले चेतावनी दिएका छन् ।

मध्य कराकासमा शनिबार आफ्नो समर्थनहरूको एक ¥यालीलाई सम्बोधन गर्ने क्रममा उनले सो चेतावनी दिएका हुन् । ती कारखाना मालिकहरूलाई कुन किसिमको कारबाही गरिन्छ, सो भने हाल प्रकाशमा नल्याइएको पनि उनले जानकारी दिएका छन् ।

देशमा संकटकाल घोषणा भएको भोलिपल्ट उनको उक्त चेतावनी आएको बताइएको छ । राष्ट्रपतिकाअनुसार देशका उद्योगपतिहरूको कारण देशको अर्थतन्त्र धराशायी परेको र यसलाई सुधार्ने एक मात्र तरिका आर्थिक संकटबाट मुक्ति हो । आर्थिक संकटबाट मुक्तिको एक मात्र उपाय उद्योग, कलकाराखाना सुचारु रूपमा सञ्चालन नै भएको पनि उनले प्रष्ट पारेका छन् ।

भेनेजुएला विश्वमा नै सबभन्दा तेलको धनी राष्ट्र हो, हाल विश्वमा नै तेलको मूल्यमा कमी आएको हुनाले भेनेजुएलाको अर्थतन्त्रमा पनि यस्तो असर परेको देखिएको छ । गतवर्ष भेनेजुएलाको अर्थतन्त्र ५ दशमलव ७ प्रतिशतले संकुचित भएको थियो । त्यसैगरी महँगी पनि १ सय ८० प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया