गाँजासहित भारतीय नागरिक पक्राउ

नवलपरासी, २ जेठ । नवलपरासीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयको सुरक्षा गस्ती टोलीले शनिबार ३ किलो लागुऔषध गाँजासहित १ भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर विष्टको नेतृत्वको टोलीले चेकजाँचका क्रममा लु १ ज ५२ नंको यात्रुबाहक जिपमा सवार जिल्ला महाराजगन्ज ग्राम सिन्दुरीया भारत बस्ने ५० वर्षीय रामदेव केवटलाई गाँजासहित पक्राउ गरेको हो ।

बरामद गाँजासहित केवटलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नवलपरासी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोख्रेलले जानकारी दिए । केवटले उक्त गांँजा नवलपरासीको रामनगर गाविस–९ स्थित भथौडी गाउँको एक झुपडीबाट ल्याएको बताएका छन् । सुराकीका आधारमा पछ्याउँदै गएको सशस्त्रको टोलीले उक्त झुपडीबाट पुनः डेढ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए । प्रहरीका अनुसार यसअघि पनि उनले ३ पटकसम्म सोही झुपडीमा पुगेर गाँजा लैजाने गरेका थिए ।

प्रतिक्रिया