अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

!(^ cfF} cGt/f{li6«o gl;{ªu lbj;sf cj;/df laxLaf/ w/fgdf cfof]lht sfo{qmddf aLkL sf]O/fnf :jf:Yo lj1fg k|lti7fgsf] gl;{ªudf cWoog/t ljBfyL{x? . tl:a/ M ofd k|wfg, O6x/L, /f;;

इटहरी, ३० वैशाख । १९६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विविध कार्यक्रम गरी दिवस मनाइएको छ । नर्सिङ संस्थापक फ्लोरेन्स नाइटिङलको जन्मदिनको अवसर पारेर मनाइँदै आएको यो दिवस यो वर्ष नर्स परिवर्तनको शक्ति स्वास्थ्य प्रणालीको क्षमता सुधार भन्ने नाराका साथ मनाइएको हो ।

नर्सिङ पेसा अस्पतालमा मात्र होइन शैक्षिक जनस्वास्थ्य सामाजिक क्षेत्र र मानव स्वास्थ्य अनुसन्धानमा पनि निरन्तर अघि बढी रहनुपर्छ भन्ने मान्यताका साथ बिरामीका सामुन्ने मुस्कानसहित उभिन सके बिरामीको आधा रोग नै निको हुने मान्यताका साथ सक्रिय रहिरहनुपर्दछ भन्ने शाश्वत सत्य रहेको औँल्याइएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा बलभद्रप्रसाद दासले नर्सिङ पेसा चिकित्सा विज्ञानको क्षेत्रका अति नै संवेदनशील पेसा भएकाले यो पेसामा संलग्न सबैले बिरामीको सामुन्नेमा मुस्कानसहित क्रियाशील हुनुपर्दछ भन्ने कुरामा जोड दिए ।

सो अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रोफेसर डा. बद्रीप्रसाद श्रेष्ठले नर्सिङ क्षेत्र चिकित्सा विज्ञानको गहना भएको उल्लेख गर्दै चिकित्सा विज्ञानलाई सफल र मानिसको स्वास्थ्य उपचारमा ज्यादै महत्वपूर्ण ठानिएको कुरालाई कहिल्यै बिर्सन नहुने बताए ।

कार्यक्रममा प्रतिष्ठानका अस्पताल प्रमुख प्रोफेसर डा. अरविन्दप्रसाद सिन्हाले नर्सिङ क्षेत्रमा रहेका स्वास्थ्य प्राविधिक र चिकित्सकहरूबीचको आपसी मेलमिलाप तथा सहकार्यबाट मात्र बिरामीको रोगको निदान सम्भव हुने बताए ।

सोही अवसरमा नर्सिङ विभागका दीपा अधिकारी र अनिता श्रेष्ठले आ–आफ्नो धारणा राख्दै नेपालमा अहिले ६३ हजार ८ सय ६१ जना सेवामा समर्पित भएर मानव स्वास्थ्य सुधारमा अहोरात्र खटिरहेको र विश्वमा देखापरेको इबोला भाइरसजस्तो खतर्नाक रोगका बिरामीको उपचारमा पनि नर्सहरूले आफ्नो ज्यानको समेत पर्वाह नगरी कार्य गरिरहेको कुरामा जोड दिए । यस्तो रोगको उपचारमा निःस्वार्थ भएर लाग्दा धेरै नर्सले ज्यानसमेत गुमाउनुपरेको पनि उनीहरूले कार्यक्रममा जानकारी दिए ।

सो अवसरमा नर्सिङ कलेजका प्रमुख प्रोफेसर डा रामशरण मेहता, मेट्रोन रमानन्द चौधरी, प्रोफेसर समी लामालगायतले बोेलेका थिए । त्यसअघि प्रतिष्ठानको हाताबाट निक्लिएको ¥यालीले धरान उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानको परिक्रमा गरेर ¥याली प्रतिष्ठान परिसरमा सभामा परिणत भएको थियो ।

प्रतिक्रिया