उपत्यकामा ८७ हजार किलो मासुजन्य फोहर

काठमाडौं, ३० वैशाख । काठमाडौं उपत्यकामा दैनिक ८७ हजार ५ सय किलो मासुजन्य फोहर भित्रने गरेको छ । काठमाडौं महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार ३ सय किलोको राँगा वा भैँसी काठमाडौंमा आयात गर्दा औसतमा १ सयदेखि १ सय १५ किलोसम्म मासु उत्पादन हुन्छ, अन्य सबै फोहोर हो । काठमाडौंमा दैनिक औसत ७ सय राँगाभैँसीको मासु खपत हुन्छ । तीबाहेक १ हजार ५ सय खसीबोका, ७० टन कुखुरा, १ सय ५० बंगुर र ७ टन माछा खपत हुने गरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

मासुका ती स्रोतमध्ये राँगाभैँसीबाट मासु उत्पादन गर्दा दैनिक खपत हुने ७ सय वटामध्ये प्रत्येकबाट औसतमा सबैभन्दा बढी १ सय २५ किलोग्राम फोहोर उत्पादन हुने गरेको छ । यसको व्यवस्थापनका लागि काठमाडौंउपत्यका बाहिरका केही जिल्लामा बधशालाको निर्माणस्थल पहिचान भइसकेको कानपाको भनाइ छ । मासुजन्य वस्तुबाट आउने फोहर व्यवस्थापनकै लागि कामपाले उपत्यका बाहिरकै जिल्लामा बधशालाको निर्माण गरी मासु पोका पारी ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया