‘कालो पोथी’ आउँदै

kala pothiकाठमाडौं, २८ वैशाख । अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट फिल्म अवार्ड जितेको फिल्म ‘कालोपोथी’ आगामी २१ जेठमा रिलिज हुने भएको छ । उक्त फिल्मले चर्चित फिल्म महोत्सवमध्ये गनिने भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ७२औँ शृंखलाको ‘क्रिटिक्स विक’अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड हात पारेको थियो ।

नेपाल, जर्मनी, स्विट्जरल्यान्ड र फ्रान्सको सहकार्यमा निर्मित फिल्मलाई मीनबहादुर भामले निर्देशन गरेका हुन् । सशस्त्र युद्धलाई मुल विषयवस्तु बनाइएको फिल्मको कथा मीनबहादुर भाम, अविनाशविक्रम शाह, सन्तोष भट्टराई र कुशाङ राईले तयार पारेका हुन् । भाम र शाहको पटकथामा बनेको फिल्ममा खड्गराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ल, हंस खड्का, बेनिशा हमाल, प्रवीण खतिवडा, विपिन कार्की, विक्रमसिंहलगायतले अभिनय गरेका छन् ।

उक्त फिल्मको ‘ओएसटी’ गीत ‘लामा खेनों’ बोलको गीत समेत मंगलबार रिलिज भएको छ । गीतमा आनी छोइङ डोल्माको स्वर रहेको छ । गीतमा जेशन कुँवरको संगीत रहेको छ ।

प्रतिक्रिया