काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलबारदेखि राजदूृतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञालगायत सेवा प्रवाह गर्ने भएको छ । दूतावास उद्घाटन एवं सेवा आरम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नेपालमा आएका छन् ।
लाजिम्पाटमा स्थापना भएको दूतावास उद्घाटनअघि नेपाल र युएईबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा तथा युएईको नेतृत्व त्यहाँका विदेशमन्त्रीले गरेका थिए । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएईका विदेशमन्त्रीले मंगलबारै बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवं अमिरका छोरा हुन् । नेपाल–युएई वार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग र लाभका क्षेत्र अभिवृद्धिबारे विचारविमर्श भएको थियो । (सौस)
प्रतिक्रिया