मोडलिङमा सक्रिय अरुनी

arunima waiba copyकाठमा
डौं, २७ वैशाख । सानै उमेरदेखि मोडलिङमा रुचि राख्दै आएकी मोडल अरुनी वाइबा यतिखेर देशकै चल्तीको मोडलका रूपमा गनिन थालेकी छन् । सिरहा घर भएकी अरुनीले विगत २ वर्षदेखि मोडलिङमा आफूलाई क्रियाशील राख्दै आएकी छन् ।

रूप, क्षमता र लगनशीलतामा उतिकै मिहिनेती २३ वर्षीया अरनी ५ फिट ६ इन्च अग्ली छिन् । उनले हालसम्म आधादर्जन म्युजिक भिडियो तथा ३ दर्जनभन्दा वढी ‘¥याम्प सो’ मा उनले आफ्नो प्रस्तुति दिइसकेकी छन् । यतिखेर उनले अरू पनि थुप्रै प्रोजेक्टका लागि उनले हस्ताक्षर गरिसकेको जानकारी दिइन् । सुरुमा यस क्षेत्रमा लाग्न उनलाई घर परिवारले सहयोग नगरेको भए पनि आफ्नो निरन्तर प्रयासबाट आपूm बिस्तारै सफलतातर्फ लागेको उनले सुनाएकी छन् । उनले भनिन्, ‘घर परिवारबाट सहयोग नभए पनि मैले निकै संघर्ष गरेर यहाँसम्म आउन सकेकी छु ।’ अब त खास समस्या नरहे पनि संघर्ष र मिहिनेत भने निरन्तर गर्न आवश्यक रहेको उनको बुझाइ छ ।

उनले फेसन सो म्युजिक भिडिओको सुटिङ गर्न जाँदा आउँदा रातपर्ने भएकाले घर परिवारबाट साथ नदिएको खुलासा गर्दै नेपाली समाजमा छोरी मान्छे एक्लै रातविरात हिँडने भनेर कुरा काट्ने गरेको बताइन् । यसो त नेपालमा अझै पनि मोडलहरूलाई राम्रो नजरले हेर्ने नजरमा परिवर्तन नभइसकेको उनको बुझाइ छ । उनले भनिन्, ‘त्यही मोडल रातविरात हिँड्यो भनेर बाहिर कुरा काटिन्छ तर उसले गरेको अभिनय, कला या प्रस्तुति भने तिनै वर्ग समुदायबाट खोजी खोजी हेरिन्छ, के भन्ने ।’

परिवारको त्यस्तो असहयोगको बाबजुद अरुनीले आफ्नो मोडलिङ गर्ने सपना यत्तिकै मर्न नदिई घरका मान्छेलाई फकाएर आफ्नो सानोदेखिको सपनालाई पूरा गर्ने कोशिस गरेको बताउँछिन् । ‘छोटो लुगा लगाउन घरमा अनुमति थिएन । पछि समय क्रमसँगै घर परिवारमा कुरा बुझाइयो त्यसबाट बल्ल अनुमति पाइयो’ उनले थोरै हाँस्दै सुनाइन, ‘अहिले त परिवारमा सबैले नराम्रो मान्दैनन् । त्यसका लागि आफू पनि सही ठाउँमा त रहनु सक्नुपर्छ ।’

२ वर्षे यात्रामा अरुनीले फेस अफ नेपाल २०१६ मा पनि भाग लिएर टप ५ सम्म पुगिन् । यो सँगै मोडलिङका अफरहरू निक्कै आए पनि । तर, उनले आफूलाई चित्त बुझ्ने किसिमको भए मात्र काम गर्ने बताइन । उनले राम्रो फिल्मको अफर आएमा काम गर्ने सोचमा छिन् । अब झन् मिहिनेतका साथ अघि बढेर नेपालको टप मोडल बन्ने सपना रहेको सुनाउँदै उनले नेपालमै बसेर काम गरेरै नाम कमाउने सोच रहेको बताएकी छन् । (प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया