३ वर्षमा २७ किमी सडक

काठमाडौं, २७ वैशाख । काठमाडौं महानगरपालिकाले तीन वर्षमा २७ दशमलव ९ किलोमिटर सडकको पुनर्निर्माण सकिसकेको जनाएको छ । २०६९ सालदेखि हालसम्मका लागि ३४ दशमलव ५६ किमी सडक पुनर्निर्माण गर्ने योजना रहेको भए पनि सात किमी सडक पुनर्निर्माण हुन नसकेको हो । निर्माण सम्पन्न भएका सडकललाई विभिन्न छ चरणमा कम अगाडि बढाइएको कामपाले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सूर्यविक्रम ज्ञवली मार्ग, लिक मार्ग, कुमारी मार्ग, सेतीओपी मार्ग र घट्टेकुलो पिपलबोट डिल्लीबजार मार्गको काम सम्पन्न भइसेकेको छ भने प्रयाग मार्गमा निर्माण कार्य जारी रहेको महानगरका पूर्वाधार विकास महाशाखा प्रमुख सुरेशकुमार राईले जानकारी दिए ।

त्यसैगरी, दोस्रो चरणअन्तर्गत चक्कु मार्ग, दशरथचन्द्र मार्ग सामुदायिक तथा सुविधा मार्ग, लाम्टागिन मार्गको निर्माण कार्य सम्पन्न भइसकेको छ । तेस्रो, चौथो, पाँचौँ र छैटौँ चरणमध्ये मैजुबहाल मार्ग, श्रम मार्ग गौरी गल्ली श्रीनगर मार्ग, न्यू प्लाजा मार्गको काम सक्न बाँकी रहेको बताइएको छ । अन्य सबै योजना सम्पन्न भइसकेको छ ।

‘प्राधिकरण र टेलिकमले समयमा नै पोल नसार्नु नाकाबन्दीको कारण भएको इन्धन अभावले गर्दा योजनामा परेका सडक समयमा नै पुनर्निर्माण गर्न समस्या भएको हो’ प्रमुख राईले भने ।

अब बाँकी रहेका सबै सडकको पुनर्निर्माण कार्य अबको केही समयमा सक्ने कामपाले जनाएको छ । प्रमुख राईका अनुसार चालु आवका लागि ९ दशमलव ३३ किमी सडक पुनर्निर्माण गर्ने योजना छ । त्यसका लागि २८ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया