विश्व रेडक्रस दिवसमा रक्तदान

काभ्रे, २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले १५३औँ विश्व रेडक्रस दिवस मनाएको छ । रेडक्रसले दिवसको अवसर पारी रक्तदानको कार्यक्रम गर्दै दिवस मनाएको हो ।

दिवसको अवसरमा काभ्रेको धुलिखेलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रेडक्रस सोसाइटी काभ्रे शाखाको आयोजनामा मनाइएको कार्यक्रम काठमाडौं स्कुल अफ ल का डिन डा. विपिन अधिकारीको प्रमुख आतिथ्य र रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुवर चौ प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सभापति प्रधानले मानवीय सेवा र रेडक्रस पर्यावाची शब्द जस्तै भएको उल्लेख गर्दै रेडक्रस दिवसले मानवीय सेवामा लाग्न सबैलाई प्रेरणा दिने बताएका थिए । कार्यक्रममा शाखाका कोषाध्यक्ष कुमार कार्कीलगायत अतिथी विश्व रेडक्रस दिवसको महत्व गरिमाका विषयमा प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन जिल्ला शाखाका उपसभापति अनन्तकृष्ण श्रेष्ठले गरेका थिए । काठमाडौं स्कुल अफ ल का विद्यार्थी विशाल खनालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा जिल्ला शाखाका स्वयंसेवक तथा कर्मचारीहरू रकाठमाडौं स्कुल अफ ल का विद्यार्थीहरू गरी २९ जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया