उदयपुर, २६ वैशाख । जिल्लाको पूर्वी क्षेत्रमा पानीसँगै आएको भीषण हावाहुरीले सयौँ घरको छाना उडाएको छ । शनिबार राती आएको हावाहुरीले ३ सयभन्दा बढी स्थानीयको घर तथा विद्यालयमा क्षति पु¥याएका हो ।
हावाहुरीले रामपुर ठोक्सिला, मैनामैनी, कटुन्जेबबला, सिद्धिपुर गाविसको ४ दर्जन विद्यालय तथा करिब २ सय ५० भन्दा बढीको घरको छाना उडाएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक अमतलाल माझीले जानकारी दिए ।
पानीसँगै आएको ठूलो हावाहुरीले रामपुर ठोक्सिला गाविसको वडा नं. १ देखि ५ सम्मको अधिकांश ५० प्रतिशत घरमा क्षति पु¥याएको स्थानीय मनोज तामाङले बताए । हावाहुरीले घरको छाना उडाएपछि स्थानीयहरू खुला आकासमुनि बस्न बाध्य बनेका छन् ।
तामाङका अनुसार माध्यमिक विद्यालय वरपीपल, कोसी उच्च माध्यमिक विद्यालय, सातपत्रे प्राथमिक विद्यालय, चक्रपुर माध्यमिक विद्यालय, भचुवा प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय, रंगशाला प्राथमिक विद्यालय, दुर्गा प्राथमिक विद्यालय, रामपुर पब्लिक इंग्लिस बोर्डिङ स्कुललगायतमा क्षति पुगेको छ ।
हावाहुरीले स्थानीय कृषकहरूले लगाएको आँप, लिची, मेवा, कटहरलगायत मौसमी फलपूmललाई समेत क्षति पु¥याएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले हावाहुरीको पूर्ण विवरण आउन बाँकी भएकाले क्षतिको संख्यामा वृद्धि हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया