मानवअधिकार आयोगद्वारा आमाछोरीको उद्दार

खोटाङ, २६ वैशाख । होटलमा काम गर्नेक्रममा कुटपिट र यौन दुव्र्यवहार गरेको उजुरीपछि जबर्जस्ती मिलापत्र गरेर कब्जामा राखिएको आमा छोरीलाई आइतबार उद्वार गरिएको छ । खोटाङ सदरमुकामस्थित होटल शुभदिनमा काम गर्दै आएकी एक आमाछोरीलाई कब्जामा राखेको ठाउँबाट राष्ट्रिय मानवअधिकार आयोगले उद्दार गरेको हो ।

उक्त होटलमा काम गर्दै आएको अवस्थामा कुटपिट तथा यौन दुव्र्यवहारमा परेकी महिला र उनकी सानो छोरीलाई आयोगले स्थानीय पार्टी महिला सञ्जालकी सदस्य संगीता राईको कोठाबाट उद्दार गरेको जनाएको छ । घटना सार्वजनिक भएलगत्तै मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको पाएपछि दिक्तेलस्थित कुमारी चलचित्र हल नजिक रहेको संगीताको डेराबाट उद्दार गरिएको राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख झंकरबहादुर रावलले बताए । गत बिहीबार जवर्जस्त मिलापत्र गराएर राजधानी पठाउन लागेको जानकारी पाएपछि महिला प्रहरीको साथ लिएर उद्दार दुवै आमाछोरीलाई गरिएको आयोगले जनाएको छ ।

उद्दार गरिएकी आमाछोरीलाई प्रहरीको संरक्षणमा राखेर अनुसन्धान गर्दै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिइएको रावलले बताए । ‘संरक्षणमा राखेर अनुसन्धान गर्न आयोगको निर्देशन छ ।’ उनले भने, ‘पीडितले न्याय नपाएको सुनिएको छ, यथार्थ कुरा अनुसन्धानले ल्याउनेछ ।’

महिलाको उद्दारका लागि आयोगका प्रमुख रावल, लोकनाथ घिमिरे, लालबहादुर राईलगायतको टोली गएको थियो । यस्तै, प्रहरीबाट महिला प्रहरीसहित प्रहरीनिरीक्षक सरोज राई पीडितलाई राखिएको ठाउँमा पुगेका थिए । उक्त होटल सञ्चालकमध्येका हरिप्रसाद आचार्य र कविराज रिजालले कुटपिट गरेको र यौनदुव्र्यवहार गरेको आरोप लगाउँदै पीडित महिलाले गत मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

उनले निवेदनमा ‘घा–जाँच केश फारम’समेत गराइ पाउँ भनी प्रहरीमा निवेदन दिएका थिए । घरेलु हिंसामा परेर घरबाट निकालिएकी आमाछोरीमाथि गत १४ वैशाख कुटपिट र दुव्र्यवहार भएको महिला अधिकारकर्मीले बताएका छन् ।

कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई बिहीबार जबरजस्ती मिलाइएको र घटनालाई ढकाछोप गर्ने खेल भएको पर्दाफास भएपछि आयोगले उद्दार गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो । पीडकपक्षको दबाबमा मिलापत्र भएपछि पीडित महिलाले बयानसमेत फेरेकी थिइन् । दुव्र्यवहारपछि होटलबाट महिला अधिकारकर्मीले उद्दार गरेका महिलाले पछिल्लो समय दबाबमा परि बयान फेरेको बताइएको छ । दुव्र्यवहारको विषयमा जानकारी भएपछि १७ वैशाखमा उनलाई महिला रक्षक सञ्जालकी अध्यक्ष पूर्णकला तामाङ, रेखा राई, निसाना राई, रश्मी रसाइलीलगायतको सम्पर्कमा ल्याइएको थियो ।

उद्दार गरेर राखिएको केही दिनसम्म आपूmमाथि दुव्र्यवहार भएको बताउँदै आएकी महिलाले एमाले जिल्ला सदस्यसमेत रहेकी संगीता राईको साथमा रहँदै गर्दा बयान फेरकी हुन् । उनले पछिल्लो समयमा आपूmलाई दुव्र्यवहार नभएको बताउन थालेकी थिइन् । घटना सार्वजनिक भएपछि पीडितलाई न्याय दिलाउन लागिपरिरहेकै समयमा प्रलोभनमा परेर ढाकछोपमा मिलाइएको अधिकारकर्मीको भनाइ छ ।

काठमाडौं माइती भएकी पीडित महिला ०६९ साल मंसिरमा विवाह गरेर दोर्पाचिउरीडाँडा आइपुगेकी हुन् । पतिले छाडेपछि र परिवारबाट निकालिएकी उनी दिक्तेलस्थित बालसेवा समाज नेर्पाको संरक्षणमा आइपुगेकी थिइन् । घरबाट विस्थापित भएपछि ६ वैशाख ०७१ मा बालसेवाको संरक्षणमा रहेकी आमाछोरीलाई २३ माघदेखि होटल शुभदिनमा ज्यालादारी कामदारकारूपमा लगिएको हो । होटलमा काम सुरु गरेको महिना दिनदेखि नै आचार्यले यौन आशयले जिस्क्याउने, सम्बेदनशील अंग छुन प्रयास गर्ने, घरभित्र बाहिर गर्दा छुन खोज्दै हिँड्ने गरेको निवेदन पत्रमा उल्लेख छ ।

‘घा–जाँच केश फारम’का लागि पीडितले २१व वैशाखमा प्रहरीलाई दिएको निवेदनमा रिजाललेसमेत संवेदनशील अंग छुन प्रयास गर्ने, यौन प्रस्ताव राख्ने गरेको, ३ वर्ष लागेकी नाबालिका छोरीलाई चलकेट दिएर कोठामा लगेर नांगो बनाएर यौनांग सुमसुम्याउने र १४ वैशाखमा यौनांगमा टोकेर घाउ बनाइदिएको उल्लेख छ । होटलमा आएको ग्राहकको मोबाइल चोरेको आरोपमा ११ वैशाखमा राती कोठामा थुनेर कामदार तिलक कार्कीलाई कुटपिट गर्न लगाएर मरणासन्न अवस्था बनाएको बताइएको छ ।

बालसेवाका पूर्वअध्यक्ष रहेका होटलका प्रवन्धनिर्देशक दीपनारायण रिजाल दबाबमा पीडित मिलापत्र गर्न बाध्य बनेको स्रोतले जनाएको छ । रिजालले सहमतिमा नआए पुराना कुराहरू निकालेर बेइज्जत गर्नेसम्मको धम्की आएपछि पीडित पछि हटेको जनाइएको छ ।

प्रबन्धनिर्देशक रिजाल, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष दिलकुमारी राई, संगीता राई, सविता ढकाल, मनिषा राईलगायतको उपस्थितिमा मिलापत्र गराइएको थियो । मिलापत्रमा आपसमा दोषारोपण नगर्ने र कतै सार्वजनिक नगर्ने, कुनै निकायमा उजुरबाजुर नगर्ने, पीडितलाई स्थापित गर्न पहल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया