संसद्द्वारा राष्ट्रपतिलाई धन्यवाद

काठमाडौं, २६ वैशाख । संसद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दोस्रो अधिवेशनलाई आइतबार गरेको सम्बोधनका लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संसद्को आइतबारको दोस्रो बैठकमा प्रस्तुत गरेको सो धन्यवाद प्रस्तावलाई एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गरेका थिए ।

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम आइतबार दिउसो संसद्मा सम्बोधन गरेका थिए । संसद्को आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को दोस्रो अधिवेशनमा राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।

नीति तथा कार्यक्रममाथि यही २८ देखि ३० वैशाखसम्म छलफल हुने र सो छलफलमा उठेका जिज्ञासामाथि प्रधानमन्त्री ओलीले ३१ वैशाखमा जवाफ दिनुहुने सभामुख ओनसरी घर्तीले बैठकमा जानकारी दिए । उनले नीति तथा कार्यक्रममाथि संशोधन भएमा सोमबार बिहान १० बजेदेखि ५ बजेसम्म प्रस्ताव दर्ता गराउन समय निर्धारण गरिएको जानकारी दिए । संसद्को अर्काे बैठक वैशाख २८ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया