विद्यालयलाई भवन हस्तान्तरण

काभ्रे, २५ बैशाख । महादेवस्थानमा रहेको डेडिथुम्का प्रस्तावित माविलाई जर्मन सरकारले भवन हस्तान्तरण गरेको छ । महादेवस्थान १ मण्डन ढोडिनीमा ३ करोड बराबरको अत्याधुनिक भवन निर्माण गरी हस्तान्तरण गरिएको हो ।

जर्मनी राजदूत वनर स्टेचको प्रमुख अतिथ्यतामा हस्तान्तरण भएको भवन १ वर्ष अघिदेखि नै निर्माणको चरण सुरु गरिएको थियो । वनरले भवनको उद्घाटन गर्दै नेपालको शैक्षिक क्षेत्रको बारेमा मन्तव्य राखेका थिए । गत १२ बैशाखको भुकम्प र अनगिन्ती समस्याको कारण भवन निर्माणमा केही बाधा भएपनि निर्माण ढिलो भएपनि हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले भवन एकदमै राम्रो बनेको भन्दै यसको समुचित प्रयोगका लागि विद्यालयका प्रधानध्यापक झलकप्रसाद पौडेलले अनुरोध गरेका छन् ।

भवन निर्माणको क्रममा स्थानिय अनिल सापकोटा ले आफ्नो गाँउमा रहेको स्कुललाई पु¥याएको योगदानको चर्चा गर्दै उनले अझै पनि विद्यालयमा भुकम्पको त्रास नहोस भन्दै यस्तो अत्याधुनिक सुविधासम्पन्न भवनको निर्माण गरिएको र यसले सिकाई पद्धतिमा पनि व्यापकता ल्याउने बताएका छन् । जर्मनमा उच्च शिक्षा हासिल गरेका सापकोटाले आगामी दिनमा बिद्यालयको शैक्षिक गुणस्तर पनि उकास्न मद्धत पुग्ने बताएका छन् । भवन र विद्यार्थीको सोचाई र बातावरण नै सिकाईको महत्वपुर्ण केन्द्रबिन्दु भएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै प्रअले विद्यालयले भोक्दे आउको समस्याको बारेमा अवगत गराएका थिए ।

स्कूलमा ६० प्रतिशत भन्द्या बडी जनजातिहरूले पढ्दै आएका छन् । भवन निर्माणपछि विद्यालयले शौचालयदेखि सबैव्यवस्थापनमा अत्याधुनिक प्रविधिहरू र सिकाईका सामानहरू प्रयोग गरिने बताएका छन् । महादेव स्थानको सो वडामा भूकम्पले ८ जनाको मृत्यु भएको थियो भने गाविसमा २८ जनाको मृत्यु भएको थियो । भूकम्पपछि विद्यालय नजाने समस्या गाउँमा बढ्दो भए पनि सो भवनकै कारणले विद्यार्थीलाई उत्साहित बनाएको स्थानीयहरूले बताएका छन् । बिद्यालय सुधारबारे कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका साहयक जिशिअ फटिकबाहादुर केसीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया