अर्पण र प्रियंकाको ‘अनागत’

anagatकाठमाडौं, २४ वैशाख । फिल्म ‘अनागत’को औपचारिक घोषणा भएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै फिल्मबारे जानकारी गराइएको हो । ‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका सिक्किमे युवा साम्तेन भुटियाले फिल्मलाई निर्देशन गर्ने भएका छन् । भुटियाको दोस्रो फिल्म ‘तान्द्रो’ हाल बहुप्रतीक्षित छ ।

सस्पेन्स थ्रिलर श्रेणीमा बन्ने फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रवीण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिका हुनेछ । कार्यक्रममा निर्देशक भुटियाले श्रीमान–श्रीमतीबीच घर व्यवहारमा उब्जिने मसिना समस्यालाई फिल्ममा उतारिने जानकारी दिए । उनले प्रियंका र अर्पण थापा हालका ‘भर्सटाइल’ कलाकार भएकाले यी २ को ‘भर्सटाइलिटी’लाई प्रयोग गर्न खोजिएको बताए । फिल्म प्रयोेगात्मक हुने उनको भनाइ छ ।

अभिनेता अर्पण थापाले हालसम्म आफूले अभिनयले नै धानेको फिल्म खेल्न पाइरहेको बताउँदै अनागतमा पनि अभिनयबाट चरित्रलाई न्याय दिन सक्दो मेहनत गर्ने भनाइ राखे । अभिनेत्री प्रियंका कार्कीले फिल्ममा नौलो चरित्र रहने बताइन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक भुटियाले नै सम्पादन गर्नेछन ्। समीर उपाध्याय, चन्द्र कुमार झा, निलु डोमा शेर्पा निर्देशक भुटिया निर्माता रहने फिल्मलाई सिशन बानियाँले खिच्नेछन् । चन्द्रकुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथामा ढाल्नेछन् ।

प्रतिक्रिया