सौर्यकर्मी ओझा सम्मानित

ojha copyपाँचथर, २४ वैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकार महासंघ शाखा पाँचथरका पूर्वसभापति एवं सौर्यकर्मी कृष्ण ओझालाई सम्मान गरिएको छ । उनलाई मूल आयोजक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको अध्यक्षतामा सम्मान गरिएको

ओझाले दूई दशकदेखि पत्रकारिताको संस्थागत विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको पक्षमा निरन्तर लागि पर्दै विभिन्न सञ्चारमाध्यममा क्रियाशील रहेर पत्रकारितालाई व्यवस्थित, व्यावसायिक बनाउँदै जिल्लाको पहिचान र विकासका लागि पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानपत्रले सम्मान गरिएको हो ।

ओझालाई प्रमुख जिल्ला अधिकारी घिमिरेले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । कार्यक्रममा पत्रकार महासंघका सचिव गिरिराज बाँस्कोटाले पत्रकारिताको विकास र चुनौतीसहित सटिक कार्यपत्र प्रस्तुत गरेका थिए । शुभकामना दिँदै पत्रकार महासंघका पूर्वअध्यक्ष तथा मेचीपोष्ट दैनिकका प्रकाशक लेखनाथ खतिवडाले पत्रिकाको प्रभावकारिताबारे विचार व्यक्त गरेका थिए ।

गैसस महासंघका अध्यक्ष बालकृष्ण ओझाले पत्रकार आचारसहिंता पालना गरिनु विचार राखेका थिए । दलमध्येबाट राप्रपा जिल्ला अध्यक्ष मानदेव केरुङले पाँचथरको पत्रकारिताको दर्ता र विकास र प्रभावका बारे विश्लेषणसहित विचार व्यक्त गरेका हुन् । कार्यालय प्रमुखतर्फबाट स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले पत्रकारितामा प्रोफेसनल बन्नुपर्ने र सबै विषयमा दख्खल बन्नुपर्ने विचार ब्यक्त गरे ।

सम्मानीत संचारकर्मी कृष्ण ओझाले पनि पत्रकार महासंघको भवनको आवश्यकता पूर्ति गर्नका लागि सरोकार निकायहरूले ध्यान दिन र सहयोग गर्न आग्रह गरे । मूल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी घिमिरेले सरकारी तवरबाट दिवस मनाउने परिपत्रअनुसार मनाउन पाँचथरदेखि सुरुवात गरिएको बताए । दिवसको अवसरमा बोल्दै घिमिरेले केहि पत्रकारले नकरातमक सोचबाट कलम चलाएकाले स्वच्छ र निष्पक्ष कलम चलाउन आग्रह गरे ।

दिवसमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी राजनैतिक दलका प्रमुख प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया