ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु  

उदयपुर, २३ वैशाख । उदयपुरको बेतिनी–माझखर्क सडकमा पर्ने लेखगाउँ गाविस–६ धारापानीमा बुधबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कटारीबाट बाँसबोटेतर्फ जाँदै गरेको ना ४ त ९६४४ नम्बरको ट्र्याक्टर दुर्घटना कटारी नगरपालिका–११ बस्ने २८ वर्षीय नारायण धमलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले जानकारी दिए ।

कटारी बजारबाट सामान लिएर बाँसबोटे गएको ट्र्याक्टर ओरालोमा ब्रेक फेल भएर सडकबाट तल झर्दा टेलरमा बसेको धमलाको घटनास्थलमै मृत्यु हुनुका साथै कटारी नगरपालिका–११ का २३ वर्षीय शंकर धमला गम्भीर घाइते भएका छन् । घाइते धमलाको कटारी अस्पलातका उपचार भई रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएका छन ।

यस्तै ट्र्याक्टर चालक फरार छन् भने घटनास्थल प्रहरी चौकी सोरुङ छबीसेबाट २६ किलोमिटर पूर्वतर्फ रहेको जिल्ला ट्राफिक कार्यालय गाईघाटका प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले जानकारी दिए ।

प्रतिक्रिया