पर्सा, २२ वैशाख । वीरगञ्जको माईस्थान चोकस्थित हिमालयन बैंकबाट आज अपराह्न ५० हजार रुपैयाँ लुटेको अभियोगमा २ जना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको कलैया नगरपालिका निवासी वीरेन्द्रप्रसाद यादवले बैंकमा जम्मा गर्न लागेको ५० हजार रुपैयाँ लुटी भागेका भारत विहार मजुफरपुर निवासी सोनुकुमार कुर्मी र नेहाल कुमारलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
कपडा व्यापारी यादवले रकम जम्मा गर्न बैंकमा भौचर भर्ने क्रममा काउन्टरमा राखिएको नगद लुटी फरार भएपछि यादवसहित माईस्थानमा प्रहरीले सोनु र नेहाललाई नगदसहित रंगेहात पक्राउ गरेको प्रहरी नायव उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
प्रतिक्रिया