फेसबुकमा चिनजान गरेर विवाह

बुटवल, २२ वैशाख । फेसबुकमा भएको चिनजानका आधारमा ४ महिना अगाडि विवाह गरेकी १ युवतीले आफ्नै पतिलाई हत्या गरेको प्रहरीले बताएको छ ।

रुपन्देही पडसरी गाविस–८ कटैयाकी १९ वर्षीया अस्मिता थापाले २१ वर्षीय पति विजय थापालाई मंगलबार राती आफ्नै घरमा हत्या गरेको प्रहरीले बताएको हो । उनीहरू फेसबुकमा चिनजान भएको १ वर्षपछि गत पुस महिनामा मात्र वैवाहिक जीवनमा बाँधिएका थिए ।

पति विजय थापाले राती मदिरा सेवन गरी आएको र पत्नीले सम्झाउँदा उल्टै आफूलाई गाली गलौज गरेको झोकमा आफूले सुतिरेहेको मौकामा जाँतोले टाउकोमा प्रहार गरेर लोग्नेको हत्या गरेको साविति बयान उनले दिएको प्रहरीले बताएको छ । विजयले दिनहुँ रक्सी आउने गरेको र उनीहरूको झगडा हुने गरेको पनि प्रहरीले बताएको छ ।

पति विजयीले आइतबार राती ११ बजे रक्सी, चुरोट खाई पत्नी सुतेको स्थान घरको छतमा गएको र पत्नीले सम्झाइबुझाई गर्दा उल्टै गाली गलौज गरेपछि रिसको झोकमा छतमा गहुँको बोरालाई च्यापी राखेको झाँतोले टाउकोमा प्रहार गरी हत्या गरी छतबाट जमिनमा खसी मरेको भन्ने पार्नको लागि जमिनमा फालिदिएको प्रहरी बयानका क्रममा बताएको प्रहरीले जनाएको छ ।

विजयको छतबाट लडेर अस्वाभाविक मृत्यु भएको जानकारी उनको परिवारले प्रहरीलाई दिएपछि बिहान ३ बजेतिर प्रहरी टोली घटनास्थल पुगेको डिएसपी रामेश्वर कार्कीले बताए । तर, उनी सुतेको बिस्तरामा रगत देखेपछि उनको हत्या भएको शंका गरी प्रहरीले अनुसन्धान थालेको पनि उनले बताए ।

प्रतिक्रिया