नेतृत्व सक्षम हुनुपर्छ : थापा

काभ्रे, २२ वैशाख । कांग्रेसको भातृ संगठन तरुण दलका पनौती नगर अध्यक्ष महेश थापाले नेतृत्व गुटबन्दी र पक्षधरभन्दा पनि सक्षम हुनुपर्ने बताएका छन् । तरुण दलको आगामी १५ जेठमा क्षेत्रीय अधिवेशन र २२ जेठमा जिल्ला अधिवेशन हुन लागेकोले सन्दर्भमा थापाले अब बन्ने कार्यसमितिले कांग्रेसलाई कुनै समूह वा पक्ष नभनी पार्टीलाई बलियो बनाउन सक्षम एवं गुटबन्दीरहित व्यक्तिको खाँचो रहेको बताएका हुन् ।

विगतमा पार्टीभित्र रहेको गुट र व्यक्तिवादी राजनितिलाई त्याग गरेर १३औँ महाधिवेशन सम्पन्न गरेजस्तै अगामी भातृसंगठनको अधिवेशनमा जिल्ला नेतृत्वहरू एक ढिक्का भएर सर्वसम्मत कार्यसमिति चयन गर्न सक्नुपर्ने बताएका छन् । उनले अधिवेशनको लागि छलफल गरिएको बैठकमा यस्तो बताएका हुन् ।

पनौती नगरपालिकाको १३ वटै वडाका प्रतिनिधिहरूलाई आफ्नो महत्वपूर्ण भूमिका समूह र गुटलाई भन्दा पनि योग्य र सक्षम नेतृत्वलाई प्रदान गर्न सबैलाई अपिल गरेका छन् । उनले भने हाम्रो विपक्ष भनेको हामीभित्रको साथी नभई युवा संघ र वाइसियल भएको हुँदा उनीसँग वैचारिक र राजनीतिक तवरले जित्न सक्नुपर्नेसमेत बताएका छन् ।

उनले दैनिक उपभोग्य बस्तुहरू महँगी र कालोबजारीजस्ता समस्याबाट सोझा निमुखा जनाताहरू मारमा पर्दै आएका र सरकारले कुनै निकायबाट पनि अनुगमन, मूल्यांकनमा काभ्रे जिल्लापछि परेकोसमेत बताए ।

प्रतिक्रिया